बैदेशिक रोजगारबाट फर्केका

बैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूले विदेशी मुलुकमा विभिन्न प्रकारका रोजगार

कुल डाटा संग्रह
कुल प्रश्न
कुल कर्मचारी
Portfolio Hero Image

विधालय वृत्ति-मार्गनिर्देशन कार्यक्रम

विद्यार्थीहरूलाई उनीहरूको रुचि, क्षमता र भविष्यको अवसरका आधारमा उचित भविष्य

कुल विद्यार्थी संख्या
कुल प्रश्न
कुल कर्मचारी
Portfolio Hero Image

सीप बिकास तथा प्रमाणिकरण

ठाकुरबाबा नगरपालिका मार्फत सिप बिकास तालिमको विवरण (छोटो र लामो अवधिको

कुल प्रशिक्षार्थी संख्या
कुल प्रश्न
कुल कर्मचारी
Portfolio Hero Image

हाम्रो बारेमा

डाटा व्यवस्थापन प्रणाली भनेको यस्तो प्रणाली हो जसले डेटा सङ्कलन, भण्डारण, सुरक्षा, पुन:प्रयोग, अद्यावधिक र विश्लेषण गर्न मद्दत गर्छ यसले विभिन्न प्रकारका डिजिटल जानकारीहरूलाई व्यवस्थित रूपमा राख्न र प्रयोग गर्न सजिलो बनाउँछ 

बैदेशिक रोजगारबाट फर्केका

ठाकुरबाबा नगरपालिकामा बैदेशिक रोजगारिबाट फर्केका व्यक्तिहरुको विवरण लिने, Reintegration कार्यक्रमहरु सञ्चालन गर्ने, सहकारि मार्फत स्वरोजगार कोषमा पहुच पुर्याउने, मनोसामाजिक सेवाहरु उपलब्ध गराउन बिभिन्न कार्यक्रमहरु सञ्चालित छन। थप जानकारिको लागि ठाकुरबाबा नगरपालिका स्थित रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ।

Profile Image
0 कुल आवेदक संख्या
0 कुल रोजगार संख्या
0 कुल बेरोजगार संख्या
Profile Image
कुल विद्यार्थी संख्या
कुल केटा
कुल केटी

विधालय वृत्ति-मार्गनिर्देशन कार्यक्रम

भविष्यमा के बन्ने, कस्तो पेशा व्यवसाय अँगाल्ने र त्यसका लागि कुन विषय पढ्ने भन्नेमा विद्यार्थीहरु अलमलमा परेका हुन सक्छन। यस्तो अवस्थामा उनीहरुले आफ्नो रुचि, खुबी लाई पहिचान गर्न सक्नु पर्छ। आफ्नो रुची अनुसारको विषय, शैक्षिक संस्था पहिल्याई उपलब्ध छात्रवृत्तिका अवसरहरुको जानकारी लिन र उपयुक्त पेशा छनोट गर्नका लागि वृत्ति (करियर) मार्गनिर्देर्शनले विद्यार्थीलाई सहयोग पुग्छ। ठाकुरबाबा नगरपालिकामा बिभिन्न संघ सस्था संगको समन्वयमा विधालय वृत्ति-मार्गनिर्देशन तथा कामको संसार चिनाउमे कार्यक्रम हरु निरन्तर सञ्चालनमा छन। थप जानकारिको लागि शिक्षा युवा तथा खेलकुद शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।

सीप तालिम आवेदन (कार्यक्रम)

रोजगारीका अवसर प्राप्त गर्नको लागि प्रभावकारी तालिम र निरन्तर सिकाइ अत्यन्तै आवश्यक हुन्छ। वर्तमान प्रतिस्पर्धात्मक बजारमा सफलता पाउनका लागि व्यक्तिले नयाँ सीपहरू सिक्न, प्रविधिसँग अपडेट रहन र व्यवहारिक ज्ञान प्राप्त गर्नुपर्ने हुन्छ। तालिमले व्यक्तिको दक्षता बढाउँछ र रोजगारीको सम्भावना उच्च बनाउँछ। सरकार तथा निजी संस्थाहरूले प्रदान गर्ने विभिन्न व्यावसायिक तालिमहरूले युवाहरूलाई आत्मनिर्भर बनाउँदै रोजगारी सिर्जना गर्न मद्दत पुर्‍याउँदै आएका छन्। यस्ता तालिमहरूले केवल ज्ञान मात्र होइन, आत्मविश्वास पनि बढाउने कार्य गर्छन्।

सीप विकास: तालिमले विशेष दक्षता र व्यवहारिक सीपहरू सिक्न सहयोग गर्छ। रोजगारीको सम्भावना: योग्य र तालिमप्राप्त व्यक्तिहरूलाई रोजगारी पाउने सम्भावना धेरै हुन्छ। प्रविधि सँग मेल: नयाँ तालिमले आधुनिक प्रविधिहरूसँग अपडेट रहन मद्दत गर्छ। आत्मविश्वास वृद्धि: तालिमले आत्मविश्वास बढाउँछ र काम गर्ने क्षमतामा सुधार ल्याउँछ। आत्मनिर्भरता: तालिम प्राप्त गरेपछि व्यक्तिले आफ्नै व्यवसाय सुरु गर्न सक्ने सम्भावना पनि बढ्छ। इन्टर्नशिप तथा कार्यानुभव: सिकाइसँगै काम गर्ने अनुभवले थप सशक्त बनाउँछ।

Profile Image
0 कुल प्रशिक्षार्थी संख्या
0 कुल पुरुष
0 कुल महिला
Profile Image
कानुन
नियम
ऐन

ठाकुरबाबा नगरपालिका

लुम्बिनी प्रदेशअन्तर्गत बर्दिया जिल्लामा रहेको ठाकुरबाबा नगरपालिका वि.सं. २०७३ फागुन २७ गते बगनाह, नेउलापुर, शिवपुर र ठाकुरद्वारा गा.वि.स.लाई समेटेर स्थापना भएको हो। यो नगरपालिका बर्दिया क्षेत्र नं. २ र प्रदेशसभा क्षेत्र २ (क) मा पर्दछ। कुल क्षेत्रफल १०४.५२ वर्ग कि.मि. रहेको यस नगरपालिकाको जनसंख्या ५७,३६२ (२०७९ को सर्वेक्षण अनुसार) छ र जनघनत्व ५४८.५५ छ। ९ वडामा विभाजित नगरपालिका समुद्र सतहबाट १४४ देखि २१४ मिटर उचाइमा छ। पूर्व, पश्चिम र उत्तरतर्फ बर्दिया राष्ट्रिय निकुञ्ज र दक्षिणमा मधुवन नगरपालिका रहेको यस नगरपालिकामा भुरिगाउँ, बगनाह, शाहीपुर, बकुवा र ठाकुरद्वारा प्रमुख बजार क्षेत्र हुन्।

अक्सर सोधिएको प्रश्न

व्यवसायहरू तथा सङ्गठनहरूका लागि डाटा अखण्डता, पहुँचयोग्यता, र नियामक मापदण्डहरूसँग अनुपालन सुनिश्चित गर्न अत्यावश्यक हुन्छ।

तथ्याङ्क व्यवस्थापन प्रणालिको उदेश्य र प्रयोग के हो ?

ठाकुरबाबा नगरपालिका भित्रका शाखा, सेवा केन्द्र, वडा कार्यालय र बिभिन्न सर्वेक्षण बाट प्राप्त तथ्याङ्कहरुलाइ एककृत गर्ने उदेश्य यस तथ्याङ्क व्यवस्थापन प्रणालिको रहेको छ । यस प्रणालि मोबाइल याप मार्फत समेत प्रयोगमा ल्याइ तथ्याङ्क व्यवस्थापन व्यवस्थित र छरितो गर्ने उदेश्य रहेको छ ।

स्वरोजगार तथा उद्दमशील हुन चहाने व्यक्तीहरुलाइ ठाकुरबाबा नगरपालिकाले के-कस्ता सेवा वा कार्यक्रम प्रदान गर्छ?

बैदेशिक रोजगार बाट फर्केाहरुलाइ पुनःएकीकरण कार्यक्रम, युवा र लक्षित बर्गका लागि सिप विकास तालिम, स्वरोजगार प्रोत्साहनका लागि सहुलियत ऋण, उद्यमशीलता प्रवर्द्धन आदि कार्यक्रम सञ्चालन भैरहेको छ।

प्रयोगकर्तालाइ यस प्रणालिमा समस्या आयमा कहा सम्पर्क गर्ने ?

यस प्रणालिमा समस्या आयमा , ठाकुरबाबा नगरपालिकामा सुचना प्रबिधि शाखामा मेल, वा फोन मार्फत सम्पर्क गर्न सक्नुहुने छ ।

ठाकुरबाबा नगरपालिका

एक संरचना हो जसले डाटा सङ्ग्रह, भण्डारण, पुनःप्राप्ति, र सुरक्षाको प्रभावकारी व्यवस्थापन सम्भव बनाउँछ।

thakurbabamun@gmail.com
०८४-४०३१९०
तथ्याङ्क व्यवस्थापन प्रणाली
Loading
Your message has been sent. Thank you!

डाउनलोड एप्लिकेशन

Download Our Application